Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरी ८ का ज्येष्ठ नागरिकलाई सिरक वितरण

tribeni2

रुकुम पश्चिम /  सानीभेरी गाउँपालिका वडा नम्बर ८ ले ७५ वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई फाइबर सिरक वितरण गरेको छ ।

आइतबार वडामा रहेका २६ जना ज्येष्ठ नागरिकहरुलाई फाइबर सिरक वितरण गरेको वडाले जानकारी दिएको छ । वडाका अनुसार जाडो मौसममा न्यानो बनाउने र ज्येष्ठ नागरिकहरुको सुरक्षितका लागि फाइबर सिरक वितरण गरिएको हो ।

वडाको ज्येष्ठ नागरिक सम्मान कार्यक्रम वाफतको पचास हजार रुपैयाले २६ जनालाई फाइबर सिरक किनेर दिइएको वडा अध्यक्ष प्रेमबहादुर विकले जानकारी दिनुभयो ।
वडा अध्यक्ष प्रेमबहादुर विकको अध्यक्षयतामा भएको कार्यक्रममा वडा सदस्यहरु, वडा सचिव र वृद्ध वृद्धाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन सामाजिक परिचालक मञ्जित खड्काले गर्नुभएको थियो ।

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १३:१२
प्रतिक्रिया दिनुहोस्