Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा भिरबाट लडेर १३ वर्षिय बालकको मृत्यु

२०७९ पुस ४
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा एक बालकको भिरबाट लडेर मृत्यु भएको छ ।

पुथाउत्तरगंगा गाउँपालिका ९ का दिलिप पुनको भिरबाट लडेर मृत्यु भएको हो । १३ वर्षिय पुनको शनिबार सेराबाङको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।
प्रहरीका अनुसार पुन शनिबार भिरबाट लडेको भएपनि खोज्दै जाँदा पुनको शव आइतबार भेटिएको हो ।

पुन सडकबाट करिव ७० मिटर तल मृत अवस्थामा फेला परेका हुन ।

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १३:१२
प्रतिक्रिया दिनुहोस्