Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

ग्रामिण स्वास्थ्य सुधार परियोजनाको सार्वजनिक परिक्षण सम्पन्न

सोमबार, पुस ४, २०७९
tribeni2

रुकुम पूर्व / फेर मेड फाउन्डेसन र सर्वाङ्गिन विकास केन्द्रद्धारा रुकुम पुर्व जिल्लामा संचालित ग्रामीण स्वास्थ्य सुधार परियोजनाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । परियोजनाले सोमबार एक कार्यक्रमको आयोजना गर्दै जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ६ मा सार्वजनिक लेखा परिक्षण तथा सुनुवाइ सम्पन्न गरेको हो ।

कार्यक्रममा परियोजनाले सन् २०२२ मा जिल्लामा संचालन गरेका गतिविधि तथा परियोजनाको उपलब्धिका साथै खर्चका बारेमा जानकारी गराइएको छ । सर्वाङ्गिन विकास केन्द्र रुकुम पुर्वका कार्यकारी निर्देशक लीलामणि गौतमले परियोजनाका गतिविधि र लेखाको अवस्था बारेमा जानकारी गराउनु भएको हो।

जानकारी अनुसार सन् २०२२ मा एक करोड ३१ लाख ८८ हजार रकम आएकोमा शतप्रतिशत बजेट खर्च भएको छ । स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको यस परियोजनाले सुत्केरी कुरुवा भान्छ घर निर्माण देखि ल्याव स्थापना लगाएतका कामहरु संचालन गर्दै आएको छ । ग्रामीण क्षेत्रका स्वास्थ्य सम्बन्धिका आवश्यकतालाई मध्यनजर गर्दै परियोजनाले काम गर्दै आएको बताइएको छ ।

कार्यक्रममा सहभागीहरुले आगामी दिनहरुमा परियोजनाले गर्नसक्ने कामहरुका बारेमा सुझाव राखेका थिए । परियोजनाले जिल्लामा उत्कृष्ट कार्यहरु गरेको भन्दै विभिन्न सहयोगका कार्यक्रमहरुको अपेक्षा समेत गरेका छन् । कार्यकारी निर्देशक गौतमले परियोजनाको क्षेत्राधिकार भित्र पर्ने मागहरुको सम्बोधन गरिने बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, भुमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ, सिस्ने र भुमे गाउँपालिका उपाध्यक्ष गोपाल रेउले र सबिना बुढा लगाएत जिल्लास्थित सरकारी निकायका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १८:१२
प्रतिक्रिया दिनुहोस्