Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

शहिद मार्गको ठेक्का सम्झौता तोडियो

चार पटक म्याद थप्दा पनि काम भएन
२०७९ पुस ५
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा सञ्चालित शहिदमार्ग सडक योजनाको ठेक्का तोडिएको छ । ठेकेदार कम्पनीले समयमै काम गर्न नसकेपछि ठेक्का तोडिएको हो ।

शहिदमार्ग सडक योजना कार्यालय रोल्पाका योजना प्रमुख पवन भट्टराईले पटक–पटक थपेको समयसिमामा पनि निर्माण व्यवसायीले काम गर्न नसकेकोले ठेक्का अन्त्य गरिएको बताउनुभयो ।

यस सडकखण्ड अन्तर्गत रुकुमपूर्वको भुमे गाउँपालिका –२ काँक्रि देखि पुथा उत्तरगंगा गाउँपालिका –१ मैकोटसम्मको ३८ किलोमिटर सडकखण्डको कामको जिम्मा श्री पप्पु–कोशी एण्ड न्यौपाने–जे.भी. निर्माण कम्पनीले लिएको थियो । चार पटकसम्म काम गर्ने म्याद थप गर्दा पनि काम गर्न नसकेकोले ठेक्का सम्झौता अन्त्य गर्नुपरेको योजना प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

सडक विभागले पहिलोपटक २०७४ असार २२ मा उक्त निर्माण कम्पनीसँग सम्झौता गरेको थियो । २०७६ पुस २८ मा निर्माण कार्य सम्पन्न गर्नुपर्ने गरी भएको करार सम्झौता अनुसार काम नभएपछि विभागले चार पटकसम्म म्याद थप गरेको थियो । २०७९ असोज १८ सम्म काम सक्नेगरी भएको अन्तिम सम्झौतामा पनि काम नभएकोले ठेक्का अन्त्य गर्नुपरेको योजना कार्यालयले जनाएको छ । योजना प्रमुख भट्टराईका अनुसार करारीय ठेक्का सम्झौताका शर्तहरुअनुसार निर्माण कम्पनीले काम नगरेकोले ठेक्का तोड्नुपरेको हो ।

“निर्माण कम्पनीलाई कार्य सम्पन्न गर्न लिखित तथा मौखिक रुपमा अनुरोध गर्दा पनि काम भएन,” योजना प्रमुख भट्टराईले भन्नुभयो, “ठेक्का सम्झौताका शर्तहरु बमोजिम करारीय दायीत्व पुरा नगरेकोले सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ अनुसार ठेक्का अन्त्य गर्ने निर्णय भएको हो ।”

निर्माण कम्पनीबाटै सिर्जना भएको समस्याका कारण ठेक्का अन्त्य भएको हो । शहिदमार्ग सडक योजना अन्तर्गतका दुई सडकखण्ड निर्माण लागि श्री पप्पु–कोशी एण्ड न्यौपाने–जे.भी. निर्माण कम्पनीले जिम्मा लिएको थियो । उक्त निर्माण कम्पनीले काँक्रि देखि बिरगुम र ओख्मा देखि हुकामसम्मको सडक निर्माणको ठेक्का लिएको थियो ।

योजना कार्यालयले यथासक्य कार्यस्थल छोड्न र १५ दिनभित्र बित्तिय फरफारका लागि योजना कार्यालयमा सम्पर्क गर्न निर्माण कम्पनीलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  ११:१२
प्रतिक्रिया दिनुहोस्