Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यानमा गाडी दुर्घटना हुदाँ सात जना घाइते

tribeni2

सल्यान / सल्यानमा गाडी दुर्घटना हुदाँ सात जना घाइते भएका छन ।

मंगलबार जिल्लाको सिद्धकुमाख गाउँपालिका १ पटारेमा दुर्घटना हुदाँ सात जना घाइते भएका हुन । दमाचौर बाट दाङ जादै गरेको ना ८ ख २५३ नम्बरको बस अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

प्रहरीका अनुसार घाइते हुनेहरुमा छत्रेश्वरी गाउँपालिका १ का ३८ वर्षिय भद्राबिर खत्री, सोही ठाउँका ७७ वर्षिया चम्फा देबि शर्मा, ३७ वर्षिय चिरनजिबि खड्का, शारदा नगरपालिका ६ का ३० वर्षिय खुमलाल के.सी., सोही ठाउँका १९ वर्षिय प्रवेश बोहोरा रहेका छन ।

यस्तै त्रिवेणी गाउँपालिका ६ का ५१ वर्षिय माँया देवि नेपाली, ४० वर्षिय टिका नेपाली घाइते भएका छन । घाइते सातैजनाको सल्यान श्रीनगर स्थित कान्तिपुर हस्पिटलमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १२:१२
प्रतिक्रिया दिनुहोस्