Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटमा कृषि मेला प्रदर्शनी सुरु (फोटोहरु)

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा नगरपालिका स्तरिय कृषि मेला प्रदर्शनी सुरु भएको छ । बुधबार कृषि विकास कार्यलयको आयोजनामा मुसिकोट नगरपालिका १ बालमन्दिर हलमा कृषि मेला प्रदर्शनी सुरु भएको हो ।

प्रदर्शनीको एक कार्यक्रमका बिच कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसीले उद्घाटन गर्नुभयो ।

कृषि विकास कार्यलयका निमित्त कार्यालय प्रमुख मिनबहादुर केसीका अनुसार मुसिकोट नगरपालिका भित्रका कृषकहरुले विभिन्न कृषि जन्य उत्पादन र कृषि जन्य उपकरणहरु प्रर्दशनीका राखेका छन । उहाँका अनुसार आजै मेला प्रर्दशनीमा उत्कृष्ट कृषकहरुलाई पुरस्कार प्रदान तथा सम्मान गरिने छ ।

निर्वाहमुखी कृषिबाट व्यावसायिक कृषि पेशामा लाग्न उत्प्रेरित गर्ने र कृषि पेशालाई प्रवर्द्धन गर्न उद्देश्यले मेला प्रदर्शनी कार्यक्रम राखिएको उहाँले बताउनुभयो  ।

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  १३:१२
प्रतिक्रिया दिनुहोस्