Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सर्पकोटमा नागनागिनीको मन्दिर बन्दै

२०७९ पुस ६
tribeni2

रुकुम पूर्व / सर्पकोटको नामले समेत चिनिने रुकुम पूर्वको रुकुमकोटमा नागनागिनी देवताको मन्दिर निर्माण कार्य सुरु भएको छ । सिस्ने गाउँपालिका वडा नम्बर ५ कमलदह परिसरमा उक्त मन्दिर निर्माण कार्य सुरु भएको हो ।

मन्दिर औपचारिक रुपमा मंगलबार देखि बनाउन सुरु गरिएको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष मदन शाहले जानकारी दिनुभयो । रुकुमकोट सर्पकोटको पौराणिक नामले समेत प्रख्यात रहेको तर अहिलेसम्म नागनागिनीको मन्दिर नबनेकाले आफुहरुले बनाउनमा जोड दिएको पनि उहाँले बताउनुभयो। 

सामाजिक तथा धार्मिक काम गर्ने उद्देश्यले सबैको सहयोगमा मन्दिर निर्माण गर्न थालिएको हो । मन्दिर एक महिना भित्रमा निर्माण भइसक्ने बताइएको छ ।
मन्दिर व्यवस्थापन समितीका अध्यक्ष शाहका अनुसार मन्दिर करिब १५ लाख लागतमा निर्माण हुने अनुमान गरिएको छ । अहिलेसम्म दुइ लाख रकम सहयोग संकलन भएको र बाँकी रकमको लागी सहयोगको आह्वान गरिएको छ ।

त्यसैगरि मन्दिर निर्माण कार्यको सहयोग स्वरुप बुधबार रुकुमकोटमा रहेको शसस्त्र प्रहरी बलले श्रमदान गरेर सहयोग गरेको अध्यक्ष शाहले बताउनुभयो ।

 

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  १४:१२
प्रतिक्रिया दिनुहोस्