नेभिगेशन
राष्ट्रिय

पुर्व श्रीमानद्धारा २० वर्षिय युवतीमाथी एसिड प्रहार

काठमाडौंको कालोपुलमा एकजना युवतीमाथि एसिड प्रहार भएको छ ।
 
२० वर्षीय ती युवतीमाथि बुधबार साँझ उनकै पुर्व श्रीमान काभ्रेका बिष्णु भुजेलले एसिड प्रहार गरेर फरार भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले बताए। पीडित युवतीसँग भुजेलकाे सम्बन्ध एकवर्षदेखि बिग्रिएकाे थियाे।
 
बाेगटीका अनुसार एसिडले युवती जेनी खड्काको शरीरका विभिन्न भाग जलेको छ। घाइते युवतीको चाबहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गंभिर छ । घटनाबारे अनुसन्धान भइरहेको बाेगटीले बताए । भुजेललाई काठमाडौं काँडाघारी सनसिटीबाट पक्राउ गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय