Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पत्रकार महासंघ रुकुमलाई टेलिभिजन, रेकर्डर र आचारसंहिता बोर्ड प्रदान

२०७९ पुस ६
tribeni2

रुकुम पश्चिम / नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखालाई टेलिभिजन, रेकर्डर र आचारसंहिता बोर्ड प्रदान गरिएको छ । प्रेस काउन्सिल नेपालले महासंघलाई बुधबार उक्त सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

काउन्सिलका सदस्यद्वय ठाकुर बेल्वासे र शरद अधिकारी र मुख्य अधिकृत झबिन्द्र भुसालले शाखाका अध्यक्ष लक्ष्मण केसीलाई एक/एक थान टेलिभिजन, रेकर्डर र पत्रकार आचारसंहिताबारे उल्लेखित बोर्ड हस्तान्तरण गर्नुभएको हो ।

नेपाल पत्रकार महासंघका शाखाहरु, बिभिन्न संचार सस्था र पत्रकारहरुका पेशागत संगठन, सामुदायिक तथा गैरनाफामुलक सस्था, शैक्षिक सस्थाहरुलाई प्रेस काउन्सिलमा रहेका केहि सामाग्रीहरु निशुल्क उपलब्ध गराउने काउन्सिलको निर्णय अनुसार पत्रकार महासंघ रुकुम पश्चिम शाखालाई सामाग्री उपलब्ध गराएको मुख्य अधिकृत भुसालले जानकारी दिनुभयो ।

महासंघका साथै रुकुमबाट प्रकाशित आहा सञ्चार साप्ताहिक, रेखदेख साप्ताहिक, रेडियो सानीभेरी एफएम, रेडियो मौराखारा एमफम र जिल्ला हुलाक कार्यालयलाई पनि एक/एक थान पत्रकार आचारसंहिता अंकित बोर्ड प्रदान गरिएको हो ।

महासंघका जिल्ला शाखा अध्यक्ष लक्ष्मण केसीले काउन्सिलले दिएका सामाग्रीले शाखाको संस्थागत विकासमा सहयोग पुग्ने बताउनुभयो । यसका साथै महासंघमा सूचना केन्द्र तथा पुस्तकालय संचालनका लागि काउन्सिलले थप सहयोग गरिदिन अध्यक्ष केसीले आग्रह गर्नुभयो ।

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  १४:१२
प्रतिक्रिया दिनुहोस्