Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रिम्ना- चिसापानी सडक खण्डमा सवारी आवतजावतमा रोक

tribeni2

रुकुम पश्चिम / रिम्ना चिसापानी सडक खण्डमा सवारी आवतजावतमा रोक लगाइएको छ । भेरि कोरिडोर अन्तरगतको निर्माणधिन उक्त सडक खण्डमा पुस १० गते देखि ३० गतेसम्म सवारी आवतजावतमा रोक लगाइएको हो ।

बुधबार जिल्ला प्रशासन कार्यालयले सडक निर्माण कार्य चलिरहेका कारण सवारी आवतजावतमा रोक लगाइएको सुचना मार्फत जानकारी दिएको छ ।

उक्त सडक खण्डमा माथी उल्लेखित समयअवधिसम्म विहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म र दिउँसो १ बजेदेखि बेलुका ६ बजेसम्म एम्बुलेन्स, बिरामी बोकेका गाडी र सुरक्षाकर्मीका गाडी बाहेक अरु सवारी साधन आवातजावत बन्द गरिएको हो ।

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  १५:१२
प्रतिक्रिया दिनुहोस्