Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नयाँ शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू हुने

tribeni2

काठमाडौँ /  आगामी शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ । पाठ्यक्रम परिवर्तनका लागि काम भइरहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । 

जसअन्तर्गत कक्षा ५ र १० को पाठ्यक्रमको खाका निर्माण सकिएको र कक्षा ८ को खाका निर्माणकै क्रममा रहेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक  वैकुण्ठप्रसाद अर्यालले बताउनुभयो । 

उहाँले भन्नुभयो,  ‘आगामी शैक्षिक सत्रबाट कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रमअनुसार पढाइ हुनेछ । यसका लागि पाठ्यक्रम विकास केन्द्रले काम गरिरहेको छ । कक्षा ५ र १० को पाठ्यक्रमको खाका तयार भएको छ । अब कक्षा ८ को खाका तयार गर्दैछौं । 

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  ११:१२
प्रतिक्रिया दिनुहोस्