सोसल मिडिया
नेपाल नगरपालिका संघको केन्द्रिय सदस्यमा पुष्प बादी चयन हुनुभएको छ । संघको काठमाडौंमा सम्पन्न आठौं अधिवेशनबाट चौरजहारी नगरपालिका प्रमुख बादी सर्वसम्मत सदस्यमा चयन हुनुभएको हो ।
संघको अध्यक्षमा धादिङको निलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगाना चयन हुँदा उपाध्यक्षमा सिन्धुपाल्चोकको चौतारासाँगागढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा चयन हुनुभएको छ ।
यस्तै महासचिवमा दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी चयन हुनुभएको छ । उपमहासचिवमा काठमाडौँ उपमहानगरपालिकाकी उपमेयर सुनिता डंगोल, कोषाध्यक्षमा विमला राई र सहकोषाध्यक्षमा मीनाकुमारी लामा चयन हुनुभएको छ । संघको ४३ सदस्यीय कार्यसमिति निर्माण भएको छ ।