Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

लैंगिक समानताका लागी सिस्ने गाउँपालिकाद्वारा १२ प्रतिवद्धतापत्र जारी

२०७९ पुस ७
tribeni2

रुकुम पूर्व / लैंगिक समानता तथा सामाजिक समावेशिकरणका लागी रुकुम पूर्वको सिस्ने गाउँपालिकाले १२ बुदे घोषणापत्र तथा प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ ।

फेयरमेड फाउण्डेशन र सर्वाङ्गिण विकास केन्द्र रुकुम पूर्वद्धारा सञ्चालित ग्रामिण स्वास्थ्य सुधार परियोजनाको आयोजनामा भएको तीन दिने लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण योजना तर्जुमा गोष्ठि पश्चात बुधबार १२ बुँदे घोषणापत्र जारी गरिएको हो ।

महिला अधिकार, समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने उद्देश्यले घोषणापत्र तथा प्रतिवद्धतापत्र जारी गरिएको हो ।

घोषणापज्ञमा समुदायमा पछाडि परेका महिला, दलित, तथा सिमान्तकृत वर्गका लागी सकारात्मक विभेदको आधारमा अगाडी बढाउने र उनिहरुलाई विना भेदभाव गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्दै रोजगारिको अवसर प्रदान गर्ने, लैंगिक समानताका लागी कानुनी साक्षरता अभियान संचालन गरि आर्थिक सशक्तिकरणका क्रियाकलापहरु संचालन गर्ने प्रतिवद्धता गरिएको छ ।

त्यसैगरि लैंगिक समानताका लागी नेपालले गरेका राष्ट्रिय, अन्तराष्ट्रिय प्रतिवद्धता तथा सन्धिहरुको प्रभावकारी कार्यन्वयन गर्ने, समाजमा प्रचलित विद्यमान लैंगिक हिंसा, सामाजिक कुरिती, विभेद अन्त्य गरि सामाजिक न्यायको सुनिश्चितता गर्ने, महिला तथा पिछडिएको समुदायलाई विकासमको मुल प्रवाहमा ल्याउने र त्यसका लागी क्षमता अभिवृद्धिका कार्यक्रमहरुलाई जोड दिने र लैंगिक समानता तथा सामाजिकीकरणको कार्यक्रम तथा आर्थिक विनियोजनको बार्षिक लेखाजोखा गर्ने जस्ता प्रतिवद्धताहरु सार्वजनिक गरिएको छ ।

उल्लेखित प्रतिवद्धताहरु कार्यन्वयन भएमा महिला तथा अल्पसंख्यक समुदायको सहभागीतामा जोड पुग्ने विश्वास लिईएको सर्वाङ्गिण विकास केन्द्रका कार्यकारी निर्देशक लिलामणी गौतमले बताउनुभयो । त्यसैगरी महिला, बालबालिका तथा पछाडि पारिएको वा परेको वर्ग, क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा समेत गरिएको छ ।

प्रतिबद्धतापत्रमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु, विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुले हस्ताक्षर गर्नुभएको छ ।

 

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  १३:१२
प्रतिक्रिया दिनुहोस्