Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जेष्ठ नागरिकसँग चियापान र सिरक बितरण

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको एक वडाले जेष्ठ नागरिकहरुसँग चियापान गर्नुका साथै न्यानो कपडा वितरण गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर १२ ले बिहिबार वडा कार्यालयमा एक कार्यक्रम आयोजना गरेर बिशेष चियापान तथा सिरक वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

वडा अध्यक्ष धिरण सिर्पालीका अनुसार वडाका ७५ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई चियापानसँगै सिरक वितरण गरिएको हो । वडा अध्यक्ष सिर्पालीले २८ जना जेष्ठ नागरिकलाई सिरक वितरण गरेको जानकारी दिनुभयो । वडा कार्यालयले संचालन गरेको जेष्ठ नागरिकहरुसंग वडा सरकार कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम गरिएको हो ।

चिसो बढीरहेको बेला न्यानोपन दिलाउन सिरक बाँडिएको वडा कार्यालयले जनाएको छ । यसका साथै जेष्ठ नागरिकहरुका अनुभव सुन्ने र माया साट्ने काम भएको वडा अध्यक्ष सिर्पालीले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  २०:१२
प्रतिक्रिया दिनुहोस्