Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
बैदशिक रोजगारीको पीडा

'बालकै'मा बिदेशिनुको बाध्यता, स्वरोजगारका नारा घन्काउनेलाई के थाहा ?

मलेसिया उड्नुअघिको फोटो चर्चामा
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमका दुई किशोरले बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल छोड्नु अघि खिचेको फोटो एकाएक चर्चामा आएको छ। बैदशिक रोजगारीको लागि मलेसिया जाने क्रममा लिएको उक्त तस्बिरले 'बालकै'मा बिदेशिनुका अनेक बाध्यता रहेको चर्चा भएको छ ।

देशको विद्यमान अवस्था बेराजगारीको विषयमा एउटा फोटोले नै झन् प्रष्ट पार्दिएको भनि एकाएक सामाजिक सन्जालमा बहसको विषय नै बनेको छ ।

फोटो रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १३ का टेकराज वि.क. र शिवलाल ओलीको हो । झट्ट हेर्दा बालक देखिने उनीहरु आमाबुवाकै काखमा रमाउने, विद्यालयमा पढ्ने उमेर हो । तर, बालकैमा बिदेशिनुको अथाह पीडा र पढ्ने उमेरमा खाडी जानुको बाध्यता आईलागेको छ ।

बुवा जगबिर कामी र आमा गौरी नेपालीका कान्छा छाेरा हुन् टेकराज । यमबहादुर ओली र आमा मनकुमारी ओलीका छोरा हुन् शिवलाल । घरमा बिहान बेलुका चुल्हो बाल्ने अवस्था नभएपछि बिदेशिनुको बिकल्प भएन । स्वदेशमै गरिखान मिल्ने वातावरण नभएपछि बालकैमा सन्तान खाडिमुलुक पठाउन बाध्य भएको पीडा जगबरि र यमबहादुरले सुनाउनुभयो ।

सानै उमेरमा छोराले आफ्नो भविष्य, घरपरिवार, छरछिमेक, साथीभाइ, गाउँघर सबै छोडेर पैसा कमाउन भन्दै मलेसिया उडेकोे टेकराजका बुवा जगबिर कामीले बताउनुभयो । उहाँका अनुसार टेकराजले पारिवारिक समस्याका कारण गाउँको विद्यालयमा सात कक्षा सम्म मात्रै पढेका छन् । उनी विगत एक दुइ वर्ष यताका दिनमा पनि दैनिक गुजाराको लागी भारत जाने आउने गरेका थिए ।

यस्तै शिवलालले पनि गाउँकै एक विद्यालयबाट एस.एल. सी. पास गरेका छन । उच्च शिक्षा अध्ययन गर्ने समयमा घरायसी अवस्था नाजुक नभएकै कारण उनले पनि पढाइलाई त्यहि बिट मारेर मलेसिया जानुपरेको हो । शिवलाल र टेकराज मलेसियाको एक पोल्टिफर्ममा काम गरिरहेको टेकराजका दाई नाता पर्ने विजय तिरुवाले बताउनुभयो । आफ्नो गाउँठाउँमा बसेर कुनै अवसर नभएकाले र अवसरकै खोजीमा विदेश जान बाध्य हुनुपरेको तितो यथार्थ तिरुवाले व्यक्त गर्नुभयो ।

स्वरोजगारका योजना ल्याएर बेरोजगारी अन्त्य गर्छौ भन्दै नारा घन्काउने स्थानीय, प्रदेश र संघीय सरकारका जनप्रतिनिधिहरुलाई यो विकराल समस्याले भने गिज्याईरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  १२:१२
प्रतिक्रिया दिनुहोस्