Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
डोटी

डोटीमा सुत्केरीलाई भत्ता अभाव

tribeni2

सरकारी अस्पतालमा सुत्केरी भएबापत पाउने भत्ता डोटीका महिलाले पाउन सकेका छैनन् । जिल्ला अस्पताल डोटीमा प्रसुती हुन आएका महिलाले प्रोत्साहन र यातायात बापतको खर्च नपाएका हुन् ।

स्वास्थ्य संस्थामा सुत्केरी भएपछी प्रोत्साहन गर्ने दुई हजार र चार पटक नियमित गर्भजाँच गरेपछी प्रोत्साहन स्वरुप दिईने आठ सयगरी दुई हजार आठ सय रुपैँया नपाएको महिलाको गुनासो छ ।

जिल्ला अस्पतालमा आवश्यक भन्दा पनि कम बजेट आउँदा महिलालाई दिन नसकिएको जिल्ला अस्पताल डोटीका निमित्त सुपरिटेन्डेन्ट भुषण मिश्रले बताए ।

दिपायल सिलगढी नगरपालिका मार्फत आमा सुरक्षा कार्यक्रम अन्तरगत दुई लाख रुपैँया प्राप्त भएपनी प्रसुती हुनेको चापका कारण बजेट सकिएको अस्पतालले जनाएको छ । गत बर्षको साउनदेखी सुत्केरी भएका महिलाले भत्ता पाएका छैनन् ।

माघ १६ गतेदेखी प्रसुतीले पाउने रकमसंगै न्यानो झोला बितरण पनि बन्द भएको अस्पताल प्रशासनले बताएको छ ।

आमा सुरक्षा कार्यक्रमका लागी सुदूरपश्चिम प्रदेशमा ७ करोड रकम अभाब रहेको सुदूरपश्चिम प्रदेश समाजिक बिकास मन्त्रालयका सचिब गोगन हमालले बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६  २२:०५
प्रतिक्रिया दिनुहोस्