Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा पालिकास्तरिय अस्पताल भवन निर्माण सुरु

tribeni2

रुकुम पश्चिमको चौरजहारीमा पालिकास्तरिय अस्पताल भवन निर्माणको काम सुरु भएको छ । चौरजहारी नगरपालिका वडा नम्वर ९ बिरमाले रातामाटामा पालिकास्तरिय अस्पताल भवन निर्माण सुरु भएको हो ।

भवन निर्माणस्थलमा विवाद भएपछि निर्माण कार्य सुरु हुन सकेको थिएन । विवाद समाधान भएपछि एक वर्षदेखि रोकिएको भवन निर्माणको काम सुरु भएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले बताउनुभयो । सरकारले ल्याएको एक पालिका एक अस्पताल कार्यक्रम उक्त अस्पताल निर्माण हुन थालेको ढकालले जानकारी दिनुभयो । उक्त अस्पताल १५ शैयाको हो ।

बिएल बिल्डर्स जाजरकोटले उक्त भवनको निर्माण कार्य सुरु गरेको हो । निर्माण व्यवसायी रिमप्रसाद शर्माले भवन निर्माणको लागि लेआउटको काम सुरु गरिएको बताउनुभयो । अबको दुई वर्ष भित्र भवन निर्माण गरिसक्ने सम्झौता रहेतापनि डेढ वर्षमै काम सक्काउने लक्ष्य लिईएको शर्माले जनाउनुभयो ।

स्वास्थ्य मन्त्रालयको १३ करोड ५३ लाख बजेटमा उक्त भवन निर्माण हुन लागेको हो ।

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  १३:१२
प्रतिक्रिया दिनुहोस्