Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रार्थना, प्रेम प्रकट, शुभकामना र उपहार साटासाट गर्दै मुसिकोटमा मनाईयो क्रिसमस

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोटमा क्रिश्चियन धर्मावलम्बीहरु क्रिसमस डे मनाएका छन । आज क्रिश्चियन धर्मावलम्बीहरुले जिल्लामा रहेका चर्चहरुमा प्रार्थना गर्दे, एकअर्कामा प्रेम प्रकट गर्दै र शुभकामना तथा उपहार साटासाट गर्दै क्रिसमस डे मनाएको रुकुमेली मिशन समाज रुकुम पश्चिमका अध्यक्ष अबिनाश बुढाले जानकारी दिनुभयो ।उहाँका अनुसार जिल्लाका सवै चर्चहरुमा परमेश्वरको बचन मनन गर्नुका साथै बिभिन्न कार्यक्रमहरु गरिएको छ ।

हरेक बर्ष २५ डिसेम्बरमा क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा यस समुदायले क्रिसमस डे मनाउँदै आएको छ ।

आजभन्दा दुई हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।
पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसीयाली दिनुभएको थियो । ख्रीष्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन् ।

मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको हो । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि मनाउन थालिएको हो ।

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १२:१२
प्रतिक्रिया दिनुहोस्