Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोट १२ का वडा अध्यक्ष सिर्पाली सुत्केरीका घर-घरमै पुगेर 'स्याहार खर्च' दिदैं

tribeni2

रुकुम पश्चिम / आफूले वडा अध्यक्षमा निर्वाचित भएपश्चात पदभार ग्रहण गर्दा घरघरमै पुगेर सुत्केरी भत्ता दिने घोषणा गर्नुभएका मुसिकोट नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष धिरन सिर्पालीले उक्त कार्यलाई निरन्तरता दिईरहनुभएको छ ।

वडा अध्यक्ष सिर्पालीले आमा र नवजात शिशुको स्वास्थ्य स्याहारमा योगदान दिने उद्धेश्यले वडा सरकारले घरघरमै पुगेर सुत्केरी स्याहार खर्च प्रदान गर्ने गरेको बताउनुभयो । उहाँले हालसम्म १९ जना सुत्केरीलाई घरमै पुगेर खर्च दिएको जानकारी दिनुभयो । वडाले तीन हजार रुपियाँको दरले सुत्केरी स्याहार उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो पटक वडा नम्वर १२ खारखोलाकी एलिना खड्का ओलीलाई घरमै पुगेर सुत्केरी स्याहार खर्च उपलब्ध गराएको वडा अध्यक्ष सिर्पालीले जानकारी दिनुभयो । वडा अध्यक्ष सिर्पाली, वडा सदस्य लालबहादुर केसी, वडा सचिव देविलाल पुन सहितको टोलीले एलिनाको घरमा पुगेर सुत्केरी स्याहार खर्च हस्तान्तरण गरेको हो । आमा र नवजात शिशुको पोषण अवस्थामा सहयोग गर्न वडाले सुत्केरी स्याहार कार्यक्रम ल्याएको थियो ।

रकम थोरै भएतापनि स्थानीय सरकार सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्यको लागि साथमै रहेको अपनत्व दिलाउँन यो कार्यक्रम निरन्तर सञ्चालन गरिरहेको वडा अध्यक्ष सिर्पालीको भनाई रहेको छ ।

खर्च हस्तान्तरणका साथै बच्चाको जन्मदर्ता बनाउन र बच्चालाइ बाल पोषण भत्ता पाउनको लागि लाभग्राहिको मुल अभिलेखमा सुचिकृत गर्नको लागि चाहिने कागजातहरुको बिषयमा सहजिकरण गरिएको वडा सचिव देविलाल पुनले जानकारी दिनुभयो ।

वडा सरकारका प्रमुख तथा प्रतिनिधिहरु घरमै आएर सुत्केरी र नवजात शिशुको हेरचाह गर्नुका साथै स्वास्थ्यमा चासो दिएर सहयोग गर्दा आफूलाई खुशि लागेको एलिनाले प्रतिक्रिया दिनुभयो ।
सुत्केरीको घरमै पुगेर सुत्केरी स्याहार खर्च प्रदान गर्नुहुँदै मुसीकोट नगरपालिका –१२ का वडा अध्यक्ष धिरन सिर्पाली लगायत ।

 

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १४:१२
प्रतिक्रिया दिनुहोस्