Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

१६७ सांसदको समर्थनमा ४४ औं प्रधानमन्त्री बन्दै प्रचण्ड

tribeni2

काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल १६७ सांसदको समर्थनसहित मुलुकको ४४ औं प्रधानमन्त्री बन्ने हुनुभएको छ ।

सत्ता गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बार्ता गर्नुभएका प्रचण्ड ७ दल र १६७ सांसदसहित तेस्रो पटक प्रधानमन्त्री बन्न लाग्नुभएको हो ।

बालकोटस्थित एमाले अध्यक्ष ओली निवासमा आइतबार दिउँसो बसेको ७ दलको बैठकले प्रधानमन्त्रीमा प्रचण्डलाई अघि सार्ने निर्णय भएको हो।

२७५ सांसद रहेको प्रतिनिधि सभामा प्रचण्डलाई एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत , नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले समर्थन दिएका हुन्।

प्रचण्डलाई नेकपा एमालेको ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र अमरेशकुमार सिंहसहित १६७ सांसदले समर्थन गरेका छन्।

सात दलबीच भएको सहमति अनुसार एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आधा आधा कार्यकाल प्रधानमन्त्री हुने बताईएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १७:१२
प्रतिक्रिया दिनुहोस्