Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

तरकारी उत्पादन तथा नर्सरी स्थापनाका लागि तालिम

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर ४ मा तरकारी उत्पादन तथा नर्सरी स्थापना सम्बन्धि तालिम सुरु भएको छ । 

वडा नम्वर ४ को आर्थिक वर्ष ०७९/८० को स्वीकृत बार्षिक कार्यक्रम अनुसार कृषि समुहहरुलाई लक्षित गरेर दुई दिने तालिम सुरु भएको हो । कृषकहरूलाई तरकारी र फलफूलका बेर्नाहरु उत्पादन गर्न सिकाएर आत्मनिर्भर बन्न प्ररित गर्ने उद्धेश्यका साथ तालिम आयोजना गरिएको वडा कार्यालयले जनाएको छ ।

तालिमको सुरुवाती सत्रमा मन्तव्य राख्नुहुँदै वडा अध्यक्ष मनोज कुमार बुढाथोकीले तरकारी तथा नर्सरी उत्पादनको लागि राम्रो क्षेत्र भएकोले सिकेका कुराहरु व्यवहारमा उतार्न अनुरोध गर्नुभयो । उहाँले कृषकहरुहरुको लागि यस्ता फलदायी कार्यक्रमहरु आगामी दिनहरुमा पनि संचालन गर्ने जानकारी दिनुभयो ।

तालिमको सहजिकरण कृषि विकास कार्यालय रूकुम पश्चिमका कृषि प्राविधिक लाल बहादुर भण्डारीले गरिरहनुभएको वडा सचिव मनोज खड्काले बताउनुभयो । उहाँका अनुसार तालिममा वडा नम्वर ४ का विभिन्न पाँच वटा समुहका ३० जना सहभागिहरु रहेका छन् ।

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १७:१२
प्रतिक्रिया दिनुहोस्