Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
रुपन्देही

रुपन्देहीमा गोलीः भारतीय नागरिकको मृत्यु 

काठमाडौं २ जेठ ।
tribeni2

रुपन्देहीको नेपाल भारत सिमानाका सुनौलीमा प्रहरीको गोली लागेर घाइते भएका भारतिय नागरिककाे मृत्यु भएको छ । भारतबाट हतियारसहित नेपाल छिरेका ५० वर्षिय झिनक धोबिलाई पक्राउ गरी नेपाल ल्याउदै गर्दा स्थानियले अबरोध गरेपछि गोली चलेको थियो प्रहरीको गोली लागेर झिनकका भतीज २५ वर्षिय दिलिप धोवि घाइते भएका थिए । धोविको उपचारका क्रममा भारतको महाराजगंजमा ज्यान गएको हो ।

हतियारसहित नेपाल छिरेका झिनकलाई छोड्न भन्दै ५० देखि ६० जनाको समुहमा स्थानियले प्रहरीलाई आक्रमण गरेपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली दिलिपको पेटमा लागेको थियो । दिलिपलाई स्थानीयले नै उद्धार गरि भारत पुर्‍याएका थिए ।

पेस्तोलसहित झिनक भने प्रहरी नियन्त्रणमा नै छन् । स्थानीयको आक्रमणमा परि ३ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६  २२:०५
प्रतिक्रिया दिनुहोस्