Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नागरिकको जीवन रक्षा बीमा कम्पनीहरुले गरिरहेका छन् : सिइओ भट्टराई

आर्थिक क्रान्तिको बेलामा लाइफ इन्स्योरेन्सलाई लिन सकिन्छ
tribeni2

रुकुम पश्चिम / महालक्ष्मी लाईफ इन्स्योरन्स लिमिटेडका प्रमुख कार्यकारी निर्देशक (सिइओ) रमेश राज भट्टराईले नागरिकहरुको जीवन रक्षा सरकारले गर्नुपर्ने भएतापनि बिमा कम्पनीहरुले गरिरहेको बताउनुभएको छ । उहाँले राजनीतिक क्रान्तिपछि आर्थिक क्रान्ति गर्ने बेलामा लाइफ इन्स्योरेन्सलाई लिन सकिने समेत उल्लेख गर्नुभएको छ ।

रुकुम पश्चिमको मुसिकोटमा महालक्ष्मी लाईफ इन्स्योरन्स लिमिटेड, मुसिकोट शाखाले आयोजना गरेको 'महिला सशक्तिकरण - महालक्ष्मी लाईफ' कार्यक्रमको उद्घाटन सत्रमा बोल्नुहुँदै भट्टराईले उक्त कुरा बताउनुभएको हो । जीवन बिमालाई वैकल्पिक आर्थिक स्रोतको रुपमा पनि लिन सकिने उहाँको भनाई छ ।

रोजगारी र समृद्धिका लागि महालक्ष्मी लाईफ ईन्स्योरेन्सले ल्याएको महिला सशिक्तकरण महालक्ष्मी लाइफ कार्यक्रमको बारेमा जानकारी दिनुहुँदै उहाँले महिलाहरुले काम गर्ने राम्रो प्लेट फर्म पाउनुपर्छ भन्ने हेतुले पहिलो चोटि यो कार्यक्रमको शुभारम्भ महालक्ष्मी लाइफ इन्स्योरेन्सले गरेको बताउनुभयो ।

यो कार्यक्रमको औपचारिक सुरुवात पुस ४ गतेबाट भएको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा सिइओ भट्टराईले महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउनको लागि यस्ता कार्यक्रम अरु पनि थप्ने जनाउनुभयो।

कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख लुम्बिनी गौतम, महालक्ष्मी लाइफ इन्स्योरेन्सका मार्केटिङ यमलाल न्यौपाने, मार्केटिङ प्रमुख प्रशान्त धमला लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सका सिनियर एजेन्सी मेनेजर लक्ष्मी केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मुसिकोट शाखा प्रमुख ब्युझना पुन देवकोटाले गर्नुभएको थियो ।

 

 

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १५:१२
प्रतिक्रिया दिनुहोस्