अखिल (क्रान्तिकारी) को अध्यक्षमा धनु र युवा संगठनमा महेश बस्नेत चयन

रुकुम पश्चिम / नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) रुकुम पश्चिमको २८ औ जिल्ला सम्मेलन तथा युवा भेला सम्पन्न भएको छ ।

सोमबार मुसिकोटमा भएको अखिल (क्रान्तिकारी)काे सम्मेलनले धनु ओलीको अध्यक्षतामा २७ सदस्यीय जिल्ला कमिटि चयन भएको छ ।

जसको उपाध्यक्षमा उपाध्यक्षमा राकेश बिक, सचिवमा पूर्ण केसी, सह सचिवमा रिया महर र कोषाध्यक्षमा हेमन्त शर्मा सर्वसम्मत चयन हुनुभएको नवनिर्वाचित अध्यक्ष धनु ओलीले जानकारी दिनुभयो ।

नेकपाका केन्द्रिय सदस्य सबिन पोखरेलको प्रमुख आथित्यतामा सम्पन्न भएको उद्घाटन सत्रको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य चन्द्र बुढा, अखिल क्रान्तिकारीका केन्द्रीय महासचिव ललित बिक, युवा संगठनका केन्द्रीय कोषाध्यक्ष विश्लेषण, अखिल क्रान्तिकारीका लुम्बिनी प्रदेश इन्चार्ज बिज्ञान रावल, केन्द्रीय सचिवालय सदस्य हरि पुन, युवा संगठन नेपालका केन्द्रीय सदस्य विवेक विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।

आजै सम्पन्न युवा संगठनको युवा भेलाले महेश बस्नेतको अध्यक्षतामा २१ सदस्यीय युवा संगठन नेपालको नयाँ कमिटि चयन गरेको बताईएको छ । जसको उपाध्यक्षमा राजकुमार बिष्ट, सचिवमा तिलक घर्ती, सहसचिवमा प्रतिभा पौडेल र कोषाध्यक्षमा स्वयम् प्रकाश शाही चयन हुनुभएको जिल्ला अध्यक्ष महेश बस्नेतले जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १८:१२
प्रतिक्रिया दिनुहोस्