Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरी १० का जेष्ठ र अशक्त नागरिकलाई सिरक वितरण

tribeni2

रुकुम पश्चिम /  रुकुम पश्चिम सानीभेरी गाउँपालिका वडा नम्बर १० ले जेष्ठ नागरिक तथा अति अशक्त अपांगहरुलाई सम्मान गरेको छ ।

वडाको आर्थिक वर्ष २०७९/८० को विनियोजित पचास हजार रकमबाट अशक्त अपांगहरुलाई फाइबर सिरक दिएर सम्मान गरेको हो ।वडा भित्र रहेका ३५ जना जेष्ठ नागरिक तथा अति अशक्त अपांगहरुलाई फाइबर सिरक दिएको वडा कार्यालयले जनाएको छ ।

वडा अध्यक्ष टिकाराम खड्काको अध्यक्षयतामा र वडा सचिव पूर्ण बहादुर डाँगीको सन्चालनमा रहेको उक्त कार्यक्रममा जेष्ठ सदस्य अम्मर ओलीको विशेष आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  ११:१२
प्रतिक्रिया दिनुहोस्