सोसल मिडिया
रुकुम पश्चिम / अखिल क्रान्तिकारी रुकुम पश्चिमले ९ बुदे खलंगा घोषणापत्र जारी गरेको छ । हिजो सम्पन्न २८ औं अधिवेशनले तय गरेको घोषणापत्र आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।
शिक्षा क्षेत्रमा मौलाएको विभिन्न विकृतिका विरुद्ध तथा सम्पूर्ण सामाजिक, आर्थिक र राजनितिक क्षेत्रमा मौलाएको विकृतिका विरुद्ध संघर्ष गर्ने संकल्पका साथ ९ बुदे खलंगा घोषणापत्र जारी गरेको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष धनु ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ९ बुदे खलंगा घोषणापत्रमा सामुदायिक विद्यालय सुधार अभियान, प्राविधिक शिक्ष तर्फ सुधार, सहिद परिवार, घाइते, अपांग र वेवत्ता योद्धाका सन्तान, निजि शिक्षा, कार्वाह, सहुलियत, ट्युशन तथा कोचिं सेन्टर र सामाजिक कार्य अभियान समेटिएको छ ।