Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अतिथिलाई सुन्तलाको माला लगाएर स्वागत (फोटोहरु)

२०७९ पुस १२
tribeni2

रुकुम पूर्व / कुनै कार्यक्रम तथा समारोहमा आउने अतिथि तथा पाहुनाहरुलाई फूलको गुच्छा तथा माला, खादा, टिका लगाएर स्वागत गरेको तपाई हामीले देखे/सुन्दै आएको हो ।

तर, रुकुम पूर्वका सुन्तला उत्पादन किसानरुरुले भने नयाँ तरिकाले कार्यक्रममा आएका अतिथिहरुलाई स्वागत गरेका छन् । सिस्ने गाउँपालिका ७ र ८ का सुन्तला उत्पादक किसानहरुले अतिथीहरुलाई सुन्तलाकै माला लगाएर स्वागत गरेका हुन् ।

एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयले आयोजना गरेको सुन्तला प्रशोधन तथा जुस उत्पादन तालिमको समापनका लागि गाउँ सिस्ने गाउँपालिकाको वडा नम्बर ८ लम्पाकोटमा पुगेका अतिथिहरुलाई सुन्तलाको माला लगाईएको हो । सोहि कार्यक्रमको समापन समारोहमा पुगेका एक दर्जन अतिथीहरुलाई किसानहरुले आफैले उत्पादन गरेका सुन्तलाको माला लगाईदिएका हुन् ।

उक्त तालिमका प्रशिक्षार्थी तथा कृषक जेनिशा सुनार र शुशिला गिरीले गाउँमा आउनुभएका अतिथिहरुको स्वागतका लागि सुन्तलाको माला उनेर लगाएको बताउनुभयो । उहाँले किसानले खुशि भएर सुन्तलाको मालाले स्वागत गरेको उल्लेख गर्नुभयो ।

जिल्ला समन्वय समितिका उपप्रमुख मोहन बहादुर के.सी., सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउले, ७ नम्बर वडा अध्यक्ष शसिधर बुढा, एकिकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेत, कृषि अधिकृत थलराज बस्नेत, विभिन्न कार्यालयका प्रमुख एवम् प्रतिनिधी, पत्रकारहरुलाई किसानले सुन्तलाको माला लगाईदिएका हुन् ।

केहि तस्बिरहरु :

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  २१:१२
प्रतिक्रिया दिनुहोस्