Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीकी १८ बर्षिया किशोरीको आत्महत्या नभई 'हत्या' भएको दाबी !

संगै मर्ने, बाँच्ने कसम खाएको एक वर्ष नपुग्दै खिमकलाले संसार त्यागिन
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर १० मा मृत अवस्थामा फेला परेकी एक किशोरीको हत्या भएको पीडितका परिवारले दाबी गरेका छन् ।

गत पुस ८ गते घरनजिकैको गहुँबारीमा मृत अवस्थामा फेला परेकी १८ बर्षिया खिमकला ओलीको हत्या उनकै श्रीमानबाट भएको मृतकका दाई मनजित ओलीले बताउनुभयो । उहाँले गत वर्षको चैतमा भागेर विवाह गरेकी बहिनीलाई निजका श्रीमान् दिपक खड्काले हत्या गरेर बारीमा फालेको आरोप लगाउनुभयो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा हत्या भएको किटानी सहित गएको तर प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता गरेको ओलीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक बिष्णु श्रेष्ठले बुधबार आत्महत्या दुरुत्साहनको उजुरी दर्ता भएको बताउनुभयो । आरोपी १९ वर्षिय दिपक खड्कालाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरिएको समेत प्रहरी निरिक्षक श्रेष्ठले जानकारी दिनुभयो । घटना अनुसन्धानको प्रारम्भिक चरणमै रहेकोले थप केहि बताउन नसकिने उहाँले उल्लेख गर्नुभयो । शवको पोष्टमार्टम समेत गरिसकिएको छ ।

प्रहरीमा उजुरी दिनुभएकी मृत खिमकलाकी आमा गौसरी ओलीले हत्या भएकै दिन छोरी माईतीबाट फर्केको बताउनुभयो । ‘मलाई कुट्छ, पिट्छ, मार्छु भन्छ भन्दै रुदै आएकी छोरीलाई दिउँसो मैले सम्झाई बुझाई गरेर पठाए,’ गौसरीले भन्नुभयो, ‘साँझ ६ बजेतिर छोरीको त्यस्तो घटना भएछ ।’ हत्या गरेर उनका श्रीमान् खड्काले आत्महत्या गरेको भनेर हल्ला फिजाउँन खोजेतापनि हत्या नै भएको उहाँको दाबी छ । घरभन्दा करिब तीन सय मिटर परको खेतमा रहेको गहुँबारीमा शरिरमा निलडाम, अनुहारभरि रगत भएको अवस्थामा छोरीको शव फेला परेको उहाँको भनाई छ ।

संगै मर्ने, बाँच्ने कसम खाएको एक वर्ष नपुग्दै खिमकलाको हत्या भएको मृतककी आमाले बताउनुभयो । कक्षा १० मा पढ्दापढ्दै गाउँकै केटासँग गत चैतमा खिमकला भागेकी थिईन् । उमेर नपुगेको कारण उनीहरुलाई माईती भित्र्याईएको समेत थिएन । घरमा बुवाले अंशबण्डा गरिदिएपछि दिपक र मनकला छुट्टै घरमा बस्दै आएका थिए ।

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  ०९:१२
प्रतिक्रिया दिनुहोस्