Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जिल्लामै किविको बिक्रि हुनथालेपछि किसान खुशि

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा विभिन्न स्थानमा उत्पादन भएको किवी जिल्लामै खपत हुन थालेको छ । आठबिसकोट नगरपालिका –१२ मा रहेको कर्णाली वेभरेजले प्रा.लि.ले किवि खरिद गरेपछि किसानहरु खुशि भएका छन् ।

कर्णाली वेभरेजका अध्यक्ष दलबहादुर शाहले रुकुम पश्चिम, जाजरकोट र सल्यानबाट समेत किवि खरिद गरेको बताउनुभयो । उहाँका अनुसार प्रतिकेजी १२५ रुपियाँका दरले हालसम्म ४०० क्न्टिल किवी खरिद गरिसकिएको छ ।

शाहले रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाबाट २२५ क्विन्टल, मुसीकोट नगरपालिकाबाट २० क्विन्टल र बाँफिकोट गाउँपालिकाबाट ४५ क्विन्टल, सानीभेरी गाउँपालिकाबाट ४० क्वीन्टल र त्रिवेणी गाउँपालिकाबाट ४५ क्विन्टल खरिद गरिएको बताउनुभयो । त्यसैगरी जाजरकोटबाट १५ क्विन्टल र सल्यानबाट १० क्विन्टल समेत खरिद गरेर ल्याईएको अध्यक्ष शाहले बताउनुभयो ।

आठबिसकोटबाट मात्रै करिव ३०० क्वीन्टल किवी बिक्रिका लागि तयारी रहेको आठबिसकोट नगरपालिकाका प्रमुख रबि केसीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाको वडा नम्बर १, २, ३, १०, ११ र १२ का जम्मा ४७ जना व्यवसायिक किसानहरुको ३०० क्न्टिल किवी बिक्रियोग्य रहेको हो । नगरपालिकाले कृषकहरुको बारीबाट कर्णाली वेभरेजसम्म किवी ल्याउँदा लागेको ढुवानी खर्च व्यहोरेको नगरप्रमुख केसीले बताउनुभयो । यस कार्यले किसानहरुको उत्पादन बजारमा लैजान सहज भएको र किसानहरुमा उत्साह आएको उहाँले जनाउनुभयो ।

आठबिसकोट नगरपालिकाले पहिलो चरणमा व्यावसायिक कृषकहरुलाई किविका विरुवा वितरण गरेको थियो भने अहिले किवीको बजारीकरणको लागी पनि समन्वय गरिरहेको छ । अहिले नगरभर करिव १७ सय किविका बोटले उत्पादन दिइरहेको नगरप्रमुख केसीले उल्लेख गर्नुभयो ।

किवि संकलन तथा बिक्रि पश्चात आठबिसकोट नगरपालिकाले नगर भित्रको सुन्तला पनि बजारीकरण गर्ने जनाएको छ । अहिलेसम्म करिव २३० क्न्टिल सुन्तला संकलन गरिसकेको र बाँकी सुन्तला संकलन गरिरहेको नगरपालिकाले जनाएको छ । सुन्तला पनि कर्णाली वेभरेजले प्रा.लि.ले खरिद गर्ने बताईएको छ ।

नगरमै किवि खपत हुने र ढुवानीमा अनुदान पाइने भएपछि कृषकहरु थप खुशी भएका छन् । कर्णाली वेभरेजले वाइन तथा विभिन्न जुस उत्पादन गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १३:१२
प्रतिक्रिया दिनुहोस्