Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

हुकाम स्वास्थ्य चौकिमा ल्याव सेवा सुचारु

२०७९ पुस १३
tribeni2

रुकुम पुर्व / रुकुम पुर्वको पुथा उत्तरगङ्गा गाउपालिका ५ मा ल्याव सेवा सुचारु गरिएको छ । हुकाम स्वास्थ्य चौकिमा मंगलबार एक कार्यक्रमका बिच ल्याव सेवाको सुचारु गरिएको हो । ल्याव सेवाको गाउपालिका अध्यक्ष पुणिराज घर्ती ले रगत जाँच गराएर उद्धाटन गर्नुभएको हो ।

पुथा उत्तरगंगा गाउँपालिकाको समन्वयमा ग्रामिण स्वास्थ्य सुधार परियोजना फेयर मेड तथा सर्वङ्गिन विकास केन्द्र (एच.डि.सी.) को आर्थिक सहयोगमा हुकाममा ल्याव सेवा सन्चालनमा ल्याइएको हो।
भौगोलिक हिसाबमा जिल्लाको दुर्गम क्षेत्र मानिने हुकाममा पहिलो चोटि ल्याव सेवा सुरु हुदा नागरिकहरुले खुसी व्यक्त गरेका छन ।

साबिकको हुकाम गा.वि.स. को वडा नम्बर १,२,३,४,५,६, र ९ नम्बर वडा नागरिक हरुलाई लक्षित गर्दै हुकाम स्वास्थ्य चौकिमा ल्याव सेवा सुरु गरिएको एचडिसिका कार्यकारी निर्देशक लीलामणि गौतमले जानकारी दिनुभयो ।
यस अघि गाउपालिकाको तकसेरामा पनि ल्याव सेवा संचालनमा ल्याइएको थियो । हुकामका नागरिकलाई त्यहासम्म पुग्न असहज नहोस भन्ने उद्धेश्यका साथ हुकाममै ल्याव सेवा संचालन गरिएको गौतमले बताउनुभयो ।

सानोतिनो ल्याव परिक्षण लागि पनि जिल्ला सदरमुकाम सम्म पुग्ने बाध्यता भोग्दै आएका नागरिक हरुलाई गाउँमै ल्याव सेवा संचालनमा आउदा थोरै भएनी राहत मिलेको भन्दै गाउपालिका अध्यक्ष पुणिराज घर्तिले खुशी व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १५:१२
प्रतिक्रिया दिनुहोस्