Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

झाँक्रिखोला - डाडाँछिवाङ सडकखण्ड स्तरोन्नती हुँदै

tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १३ को झाँक्रीखोला - डाडाँछिवाङ सडकखण्डको स्तरोन्नतिको काम सुरु भयको छ ।

वडा कार्यालयले चालु आर्थिक वर्ष ०७९/८० को शहरी शासकीय कार्यक्रम अन्तर्गतको कार्यक्रमबाट उक्त सडकखण्ड स्तरोन्नती गर्न थालेको हो ।

वडा अध्यक्ष खलबहादुर खड्काका अनुसार वडा नम्वर १३ को झाँक्रिखोला - फलाढुंगा - थुमचौर - हाईवाङ हुदै त्रिवेणीसम्म उक्त सडकखण्ड जोडिएको छ । यस कार्यका लागि वडाले आठ लाख रकम बिनियोजन गरेको छ ।

सडक स्तरोन्नतीको लागि दिपक केसीको अध्यक्षतामा उपभोक्ता समिति निर्माण गरेर काम सुरु गरिएको छ । एक सातामै स्तरोन्नतीको काम सम्पन्न हुने वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो । - घनश्याम खड्का

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १५:१२
प्रतिक्रिया दिनुहोस्