Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाँफिकोटको कृषि मेलामा उत्कृष्टलाई पुरस्कार, सहभागीलाई प्रोत्साहन

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको बाँफिकोटमा कृषि मेला सम्पन्न भएको छ । बुधबार र बिहिबार बाँफिकोट गाउँपालिकाको वडा नम्वर ४ छिनखेतमा कृषि मेला प्रदर्शनी सम्पन्न भएको हो ।

कृषि विकास कार्यालयको आयोजनामा भएको गाउँपालिका स्तरिय कृषि मेला प्रदर्शनीमा विभिन्न ६ वटा विधा अन्तर्गतका कृषि उत्पादनहरु प्रदर्शनी भएको कृषि विकास कार्यालयका निमित्त प्रमुख मिनबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार प्रदर्शनीमा खाद्यान्न बाली, दलहन बाली, तरकारी बाली, फलफूल बाली, मसला तथा नगदे बाली र विविध बाली अन्तरगत विभिन्न प्रकारका वस्तुहरु राखिएको थियाे ।

प्रदर्शनीमा २६८ बालीबस्तुहरुमा कृषकहरुको प्रतिस्पर्धा बताईएको छ । जसमध्ये ६ वटा विधा अन्तर्गतका २६ जना कृषकहरु पुरस्कृत हुनुभएको छ । प्रथम, दोश्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गर्न सफल कृषकहरुलाई आयोजकले क्रमश दुई हजार, एक हजार पाँच सय, एक हजार र ७५० नगद रकम प्रदान गरेको थियो ।

यसका सहभागी किसानहरुलाई बाँफिकोट गाउँपालिकाले जनहि पाँच सयका दरले प्रोत्साहन रकम व्यवस्था गरेको गाउँपालिकाका प्रवक्ता प्रकाश खत्रीले जानकारी दिनुभयो ।

कृषि मेला प्रदर्शनीमा किसानका सन्देशमुलक रचनाहरु प्रस्तुत गरिएको थियो । कृषि विकास कार्यालयका निमित्त प्रमुख केसीले हालसम्म अन्यत्र पालिकाहरु भन्दा तरकारी र फलफूल खेतीमा बाँफिकोटका किसानहरुको उत्कृष्ट प्रदर्शनी रहेको बताउनुभयो ।

 

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  २०:१२
प्रतिक्रिया दिनुहोस्