Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अवैध बाटो अमेरिका हिडेका रुकुमका अर्का युवाको पानामाको जंगलमा मृत्यु

पछिल्लो एक वर्षमा अमेरिका जाने क्रममा रुकुमका चार युवाको ज्यान गयो
tribeni2

अमेरिका जान हिडेका एक जना रुकुम पश्चिमका युवा मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्वर १० का २१ बर्षिय मदन शाह पानामा को जंगलमा मृत अवस्थामा फेला परेको पारिवारीक श्रोतले जनाएको छ । उहाँकाे मंसिर २५ गते मृत्यु भएको जनाइएकाे छ । 

जानकारी अनुसार अवैध बाटो अमेरिका जाने क्रममा पानामाको जंगल क्रस गर्ने क्रममा शाह जंगलमै छुट्नु भएको थियो । सँगैका साथीहरु बासस्थानमा पुगेको र तर शाह जंगलमै मृत अवस्थामा फेला परेको खबर परिवार समक्ष आईपुगेको छ ।

जंगलको खोलाको किनारमा मृत अवस्थामा रहेका शाहलाई पछाडिबाट आईरहेको टोलीले भेटाएको थियो । शाहको शरिरका बिभिन्न भागहरुमा चोटहरु रहेकोले मारेर फालिएको आशंका गरिएको छ ।

अवैध बाटो हुँदै अमेरिका जाने लहर चलिरहेको बेला पछिल्लो समय रुकुम पश्चिमका शाह सहित चार जनाको बाटो मै ज्यान गएको छ ।

गत वर्षको मंसिरमा बाँफिकोट गाउँपालिका ३ का २८ वर्षिय रुपक बोहराको घानामा बिरामी भएर ज्यान गएको थियो भने गत असोजमा बाँफिकोट गाउँपालिका ७ का २५ वर्षका प्रदिप खत्री र मुसिकोट नगरपालिका ५ का ४० वर्षका रमेश गौतमको पानामाको समुन्द्रमा ढुंगा दुर्घटनामा परेर ज्यान गएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  ११:१२
प्रतिक्रिया दिनुहोस्