Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सार्वजनिक शिक्षा सबलिकरणका लागि मुसिकोटमा दुई दिने अन्तरक्रिया सुरु

tribeni2

रुकुम पश्चिम / सार्वजनिक शिक्षा सबलिकरणका लागि रुकुम पश्चिमको मुसिकोटमा दुई दिने अन्तरक्रिया कार्यक्रम सुरु भएको छ ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आयोजना गरेको उक्त कर्णाली प्रदेशको सार्वजनिक शिक्षामा सबलिकरण सम्बन्धि छलफल कार्यक्रममा सहभागीहरुले स्थानीयता र ब्यवहारिकतामा आधारित शिक्षामा जोड दिएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख लुम्बिनी गौतमले शिक्षामा गुणस्तरियता खस्कदै गएकोले यसको सबलिकरणका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताउनुभयो । शिक्षा क्षेत्रले विषय विज्ञको अभाव झेलिरहेको बताउनुहुँदै समन्वय प्रमुख गौतमले उत्पादनमुलक र दक्ष जनशक्ति उत्पादनमा शिक्षा क्षेत्रको लगानी आवश्यक रहेको जनाउनुभयो ।

उहाँले सार्वजनिक विद्यालयहरुमा योग्यहरु छुट्ने र अयोग्यहरु हालिमुहाली गर्ने अवस्था रहेकोले यसको अन्त्यको लागि सरोकालवालाहरु जुट्नुपर्ने बताउनुभयो । व्यवहारिक र उत्पादनमुलक शिक्षामा जोड दिएर गिर्दै गएको शिक्षाको अवस्था सुधार गरेर गुणस्तरियता ल्याउनुपर्ने उहाँको भनाई रहेको छ ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका शैक्षिक विकास महाशाखा प्रमुख जवाहरलाल हमालले कर्णालीको सार्वजनिक शिक्षाको सबलिकरण्का लागि जिल्लाभर छलफल गर्न थालिएको बताउनुभयो । उहाँले राज्यले शिक्षा क्षेत्रमा गरेको लगानी सार्थक बनाउन सरोकारवालाहरु बीचमा पुगेर अन्तरक्रिया गर्न थालेको उल्लेख गर्नुभयो ।

जनशक्ति सक्षम बनाउन, शैक्षिक लगानी उपयोगी बनाउन, शिक्षाका ब्यवधानहरु चिर्न मन्त्रालयले शैक्षिक सबलिकरणका कार्यक्रम मार्फत काम गरेको उहाँले जानकारी दिनुभयो । स्थानीय तह र सम्बन्धित विद्यालयहरुसँग समन्वय गरेर शैक्षिक योजनाहरु निर्माण तथा कार्यान्वयनमा प्रदेश सरकार लागि परेको उहाँको भनाई छ ।

रुकुम पश्चिममा सुरु गरिएको दुई दिने छलफल जिल्लाको समग्र शैक्षिक अवस्था, समस्या र सुधारका लागि के गर्न सकिन्छ ? भन्ने बिषयमा केन्द्रित रहने सामाजिक विकास कार्यालय रुकुमम पश्चिमका कार्यालय प्रमुख धनन्जय आचार्यले जानकारी दिनुभयो । सार्वजनिक शिक्षाको सबलकिरणका लागि जिल्लाका सबै पालिकाका शिक्षा शाखा प्रमुख, विभिन्न बिद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई सहभागी गराएर छलफल सुरु गरिएको आचार्यले बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  १३:१२
प्रतिक्रिया दिनुहोस्