Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

स्वास्थ्य सेवामा सबै जनताको पहुँच पु¥याउन ध्यान दिउँः उपराष्ट्रपति

काठमाडौं ३ जेठ ।
tribeni2

उपराष्ट्रपति नन्दबहादुर पुनले आधारभूत स्वास्थ्य सेवामा सबै जनताको सहज पहुँच पु¥याउन ध्यान दिनुपर्ने बताएका छन् ।

नेपाल कुष्ठरोग निवारण सङ्घको स्वर्ण जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गुणस्तरीय उपचार नपाएर नागरिकले अकालमा मृत्युवरण गर्न नपरोस् भन्नेतर्फ सरकारलाई सचेत बन्न आग्रह गरे ।

कुष्ठ प्रभावितको पुनस्थापनामासहयोग र्पुयाउने उद्देश्यले २०२६ जेठ २२ गते नेपाल कुष्ठरोग निवारण सङ्घको स्थापना भएको थियो ।
सङ्घले दक्षिणकाली नगरपालिका–२ स्थित खोकना आरोग्य आश्रममा कुष्ठ प्रभावितको लालनपालन गर्नाका साथै धरान, पोखरा, नेपालगञ्ज र धनगढी शाखा स्थापना गरी सचेतना र पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । प्रति दश लाख जनसङ्ख्यामा एक जनाभन्दा कम भएमा निवारण भन्ने गरिन्छ ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६  १८:०५
प्रतिक्रिया दिनुहोस्