एकीकृत घुम्ती शिविर मार्फत सेवा दिंदै पुथाउत्तरगंगा गाउँपालिका

२०७९ पुस १५

रुकुम पूर्व / रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले एकीकृत घुम्ती शिविर सुरु गरेको छ । बिहिबार वडा नम्बर १ मैकोटबाट घुम्ती शिविर सुरु भएको हो ।

उक्त शिविरमा जेष्ठ नागरिक तथा अपाङ्ग परिचय पत्र वितरण, गर्भवती महिलासँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत गर्भवती महिलाको भिडियो एक्सरे र अध्यक्ष उपाध्यक्ष सहिद स्मृती स्वास्थ्य कार्यक्रम अन्र्तगत अति विपन्न,द्वन्द पीडित,घाइते ,अपांग ,गर्भवती महिला,दीर्घ रोगीहरुको निशुल्क स्वास्थ्य विमा गरिने गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहिबार जम्मा ३८ जनाले अपाङ्गता परिचपत्र प्राप्त गरेका छन । जसमा आठ जनाले क वर्गको, २२ जनाले ख वर्गको, ७ जनाले ग वर्गको र २ जनाले घ वर्गको अपाङ्गता परिचय पत्र प्राप्त गरेका छन ।

यस्तै शिविरमा डा. मिलन मल्ल ठकुरीको नेतृत्वमा २५ जना गर्भवती महिलाहरुले भिडियो एक्सरे गरिएको छ भने ६१ जनाको निःशुल्क स्वास्थ्य विमा बनाइएको छ ।
शिविर गाउँपालिकाको सवै वडामा सन्चालन हुने बतााइएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  १४:१२
प्रतिक्रिया दिनुहोस्