Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमकोटको वर्थिङ्ग सेन्टर पुनः सुचारु

२०७९ पुस १५
tribeni2

रुकुम पूर्व / लामो समय देखि बन्द अवस्थामा रहेको रुकुमकोटको वर्थिङ्ग सेन्टर पुनः सुचारु भएको छ । केहि दिन देखि सिस्ने गाउँपालिका वडा नम्बर ६ ढकलवारामा रहेको रुकुमकोट स्वास्थ्य चौकि अन्तर्गतको वर्थिङ्ग सेन्टर पुनः सुचारु भएको हो ।

२०६४ साल देखि सुरु भएको वर्थिङ्ग सेन्टर २०७६ सालमा स्वास्थ्य चौकि स्थानान्तरण भएसँगै वर्थिङ्ग सेन्टर सन्चालनमा आउन सकेको थिएन । अहिले रुकुम पूर्वमा ग्रामिण स्वास्थ्य सुधार परियोजना (स्केल अप) सञ्चालन गरि रहेको सर्वाङ्गिण विकास केन्द्र (एचडिसि नेपाल) ले सिस्ने गाउँपालिका संगको साझेदारिमा स्वास्थ्य चौकि संगै २ कोठे वर्थिङ्ग सेन्टरको भवन निर्माण गरिदिए पछि वर्थिङ्ग सेन्टर पुनः सन्चालनमा आएको हो ।

एचडिसि नेपाल र गाउँपालिकाले भवन निर्माण गरिदिए पछि सेवा अवरुद्ध भएको वर्थिङ्ग सेन्टरमा पुनः सुचारु हुँदा गर्भवति महिलाहरुको टाढा जान नसक्ने माग संवोधन भएको स्वास्थ्य चौकि ईञ्चार्ज जनस्वास्थ्य निरिक्षक नमुना पुनले वताउनु भयो ।

वर्थिङ्ग सेन्टर पुनः सन्चालनमा आएपनि कतिपय सामाग्रीहरु लामो समय सम्म खुल्ला चौरमा राखेका कारण बिग्रिएर प्रयोग गर्न नमिल्ने भएको वर्थिङ्ग सेन्टरकि अनमि सकुन्तला वुढाथोकिले वताउनुभयो ।

सिस्ने गाउँपालिका र एचडिसि नेपालको सहयोग र सहकार्यमा आफ्नै घरनजिकको वर्थिङ्ग सेन्टर पुन संञ्चालनमा आएकोमा सेवाग्राहीहरुले खुसी व्यक्त गरेका छन ।

 

 

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  १५:१२
प्रतिक्रिया दिनुहोस्