Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारी १२ मा एनसेलको टावर सुचारु

२०७९ पुस १६
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा निर्माण भएको एनसेलको टावर सुचारु भएको छ । नगरपालिकाको वडा नम्बर १२ माथि पातिहाल्ने डाँडामा निर्माण भएको एनसेलको टावर सुचारु भएको हो ।

एनसेल कम्पनीको लगानीमा माथि पातिहाल्ने डाँडामा टावर निर्माण भएको हो । टावर निर्माण भए पश्चात ११ कि.मि.को दुरि सम्मसम्म फोरजी सेवा सूचारु भएको एनसेल कम्पनीले जानकारी दिएको छ ।

गाउँमा एनसेलको टावर निर्माण पश्चात फोरजी चल्ने भएपछि खबरले स्थानीयहरुले खुसी व्यक्त गरेका छन ।

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  १५:१२
प्रतिक्रिया दिनुहोस्