Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रशासन नजिकैको वाणिज्य संघ सहित खलंगाका केहि पसलमा चोरी

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको जिल्ला सदरमुकाम खलंगाका विभिन्न स्थानहरुमा चोरी भएको छ । शुक्रबार राति जिल्ला प्रशासन नजिकै रहेको उद्योग वाणिज्य संघको कार्यालय, खलंगा बजारको केही पसलहरुमा र मुलबाटो मिडिया प्रा.लिमा चोरी भएको हो ।

उद्योग वाणिज्य संघको कार्यालयबाट क्यामरा लगायतको सामग्री चोरी भएको छ भने मुलबाटो मिडिया प्रा.लिको कार्यालयबाट ल्याप्टप, स्पिकर, मल्टिपल लगायतको सामग्री चोरी भएको छ । यस्तै खलंगाको मुख्य बजार केन्द्रमा रहेका केही पसलहरुबाट केही नगद र सामान चोरी भएको बताइएको छ ।

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  १६:१२
प्रतिक्रिया दिनुहोस्