Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीमा सम्पन्न कृषि मेलामा किसानको उत्साहपूर्ण सहभागिता

२०७९ पुस १६
tribeni2

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा कृषि मेला प्रदर्शनी सम्पन्न भएको छ । शुक्रबार र शनिबार सानीभेरी गाउँपालिकाको वडा नम्वर ९ सिम्लीको राप्ती ज्ञानोदय माविको प्रांगणमा कृषि मेला प्रदर्शनी सम्पन्न भएको हो ।

कृषि विकास कार्यालय र सानीभेरी गाउँपालिकाको संयुक्त आयोजनामा भएको गाउँपालिका स्तरिय कृषि मेला प्रदर्शनीमा विभिन्न ६ वटा विधा अन्तर्गतका ५० वटा कृषि बाली उत्पादनहरु प्रदर्शनीमा राखिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख मिनबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार प्रदर्शनीमा खाद्यान्न बाली, दलहन बाली, तरकारी बाली, फलफूल बाली, मसला तथा नगदे बाली र विविध बाली अन्तरगत विभिन्न प्रकारका कृषि वस्तुहरु राखिएको थियो ।

प्रदर्शनीमा ३०४ जना कृषकहरुले प्रतिस्पर्धामा भाग लिएको कृषि विकास शाखा सानीभेरी गाउँपालिकाका प्रमुख महेन्द्र ओलीले जानकारी दिनुभयो । जसमध्ये ६ वटा विधा अन्तर्गतका ३० जना कृषकहरु पुरस्कृत हुनुभएको छ । प्रथम, दोश्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गर्न सफल कृषकहरुलाई आयोजकले क्रमश ५ हजार, ४ हजार ३ हजार र २ हजार नगद रकम तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यस्तै सहभागी किसानहरुलाई सानिभेरी गाउँ गाउँपालिकाले जनहि ५ सयका दरले प्रोत्साहन रकम व्यवस्था गरेको शाखा प्रमुख ओलीले जानकारी दिनुभयो ।

कृषि मेला प्रदर्शनीमा किसानका सन्देशमुलक गीत नृत्य तथा विभिन्न वडाका झाँकीहरु प्रस्तुत गरिएको थियो । कृषि विकास कार्यालयका अनुसार हालसम्म अन्यत्र पालिकाहरु भन्दा सानीभेरी गाउँपालिकामा किसानहरुको उत्साहपूर्ण सहभागिता रहेको बताएको छ ।

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  २०:१२
प्रतिक्रिया दिनुहोस्