Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

डाडाँछिबाङ-थुमचौर-त्रिवेणी सडकखण्डको स्तरोन्नती तिब्र गतिमा

tribeni2
रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १३ को डाडाँछिबाङ-थुमचौर-त्रिवेणी सडकखण्ड स्तरोन्नतीको काम तिब्र गतिमा भईरहेको छ ।
 
वडाको डाडाँछिबाङ-थुमचौर-त्रिवेणी सडकखण्डको स्तरोन्नतीको काम अन्तिम चरणमा पुगेको हो । वडा अध्यक्ष खलबहादुर खड्काका अनुसार चालु आर्थिक वर्षमा सडक बोर्ड नेपालबाट प्राप्त सशर्त अनुदान तर्फको १६ लाख ७२ हजार २३२ रुपैया र मुसीकोट नगरपालिकाको ४ लाख ७७ हजार ८५९ बजेटबाट उक्त सडकखण्डको स्तरोन्नती हनु थालेको हो ।
 
उक्त सडकखण्डमा स्थानीयहरुको दुई लाख ३८ हजार ८९० रुपैयाको जनश्रमदान सहित जम्मा २३ लाख ८८ हजार ९०३ रुपैयाँमा स्तरोन्नतीको काम सम्पन्न हुन थालेको हो । सडक स्तरोन्नतीको लागि तिलक खड्काको अध्यक्षतामा उपभोक्ता समिति निर्माण गरेर काम सुरु तिब्र पारिएको छ ।
 
अब १/२ दिनमै स्तरोन्नतीको काम सम्पन्न हुने वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो । - घनश्याम खड्का
 
प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १३:०१
प्रतिक्रिया दिनुहोस्