Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बुरालमष्ट देवताको परिचय

tribeni2
  • गोपाल के.सी

रुकुम पश्चिम / अठार मष्ट देवताहरुमा पर्ने बुढुमष्ट देवता अत्यन्तै प्रसिद्ध देवता मानिन्छन । यिनको उत्पत्ति जुम्लाको सिंजा बुढु क्षेत्रबाट भएको मानिन्छ । बुरालमष्ट मष्ट देवताहरुमा माइला सन्तान हुन । यिनको दाजु दारेमष्टले गाधिको अधिकार पाएका थिए । तर यिनले गाधि सन्चालन गर्न सातसल्लेले बाधा पुय्राएकोले गाधिको मालिक बुरालमष्टलाई बनाइएको थियो ।

बुरालमष्टले मानिसहरुका समस्याहरुको बोध गरि समयानुकुल समाधानका लागी योजना बनाउन सक्ने विश्वास गरिन्छ । मस्तदेवतामा बुराल मष्टलाई मियोको रुपमा स्विकार गरिएको छ । अन्य मष्ट देवताहरु बुढुमष्टबाट शक्ति प्राप्त गरि मानम कल्याणमा लागेको पाइन्छ । अन्य मस्ट देवताहरु बुढुमष्ट देवतादेखि अलग हुनै सक्दैनन् यहि अलग भए भने यिनीहरुको शक्ति छिन्न भिन्न हुन सक्छ भन्ने मान्यता छ र अन्य मस्ट देवताको बोली पनि यस्तै छ ।

बुढुमस्ट देवताको साथमा रहने अन्य देवताहरुमा दारेमष्ट, क्षेत्रपाल, भङ्यार, ब्रह्मा, चित्रालेखि आदि मुख्य मानिन्छन । साथमा नौ बहिनी भवानीहरु पनि रहन्छन ।

अघिको शीत मारो पछिको धुलो मारो भनेर चिनिने कमलादेवि बह्मा सँधै बुढुमष्ट देवताको साथमा रहन्छन । बुढुमष्ट देवताले आउन आदेश गरे प्रकट हुने जान आदेश दिए अत्यन्त्रै आज्ञापालकको रुपमा कमलादेवी ब्रह्मा देखा परिरहेको हामीले अनुभव गर्न सक्छौं । बुढुमष्ट देवताको एउटा अनौठो विशेषता के छ भने न्याय गर्दा जहिले पनि असहाय, विपन्न तथा विधवा/विधुरको पक्षमा गर्ने ।

देवताको जहिले पनि असहाय,विपन्न तथा विधुवालाई हेप्नु हुदैंन भन्ने मान्यता रहेको छ । यदि कसैले यस्ता गरिव, असहाय, विधवा, विधुर, दुखिलाई कसैले हेपेमा हेप्ने व्यक्ति पापले भष्म हुने मान्यता सत्वगुण प्राप्त वृद्धि हुदैं जान्छ । शुद्ध जलले नुहाउने, शुद्ध आहार गर्ने तथा शुद्ध आचरण गरेमा देवताको शक्ति साह्रै बढेर जान्छ अनि शक्तिप्राप्त हुन्छ ।

देवता सधैं खुसि रहे शान्ति मिल्ने जनधारण रहेको छ । जसबाट व्यक्तिलाई राम्रो फल मिल्ने जनविश्वास रहेको छ । यसरी यहि बुरालमष्ट (पुस्तकहरुमा बुढुमष्ट भनिएको) देवताको आधारमा चल्ने अनि संरक्षित हुने देविदेवताहरु रहेको तिर्थस्थल बाँफिकोट क्षेत्रलाई बुढुमष्ट क्षेत्र भनेर चिनिन्छ ।

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १३:०१
प्रतिक्रिया दिनुहोस्