पुस २८ देखि रिम्नामा पर्यटन मेला लाग्ने

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर ४ मा यो वर्ष पनि रिम्ना, धार्मिक, खेलकुद, साँकृतिक तथा पर्यटन मेला लाग्ने भएको छ । पुस २८ गते देखि माघ २ गते सम्म मेला लाग्ने मेला आयोजक समिति सचिव डिल्ली परियारले जानकारी दिनुभयो ।

मेलाको अवसरमा खुल्ला पुरुष भलिवल प्रतियोगिता पनि आयोजना गरिएको छ । प्रतियोगितामा विजेता हुने समुहले १ लाख, उप विजेताले ७५ हजार र प्रतियोगिताको सेमिफाईनल सम्म पुग्ने दुई समुहले २५/२५ हजार रुपयाँ पुरस्कार पाउने छन् ।

त्यस्तै मेलामा राष्ट्रिय कलाकारका साथै स्थानीय कलाकारको प्रस्तुति रहने छ । मेलामा रामजी खाँड, तिलक परियार, अमित परियार, किरण बाबु पुन, एलबि कटुवाल, तुल देवकोटा, बिपना बिक, कृष्ण क्षेत्री, दिपक विवश, जमुना सनम, विजय तिरुवा लगायत कलाकारको प्रस्तुती रहने मेला आयोजक समितिका सचिव परियारले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १७:०१
प्रतिक्रिया दिनुहोस्