Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कविता - बर्ष बदलिएर के गर्नु ?

tribeni2
  •  मुकुन्दप्रसाद शर्मा
बर्ष बदलिएर के गर्नु ?
मान्छेको सोच / विचार बदलिदैन
मान्छेको विवेक बदलिदैन
मान्छेको गति बदलिदैन
मान्छेको व्यवहार बदलिदैन
मान्छेको योजना बदलिदैन
मान्छेको कार्यशैली बदलिदैन
मान्छेको रणनीति बदलिदैन
मान्छे बदलिदैन ।
 
केवल,
मान्छे बदलिएको छ
गफमा अनि चाकडीमा
बरु आफ्नै,
अस्तित्व अनि इमानमा
कालो पोतेर
काल्पनिक यात्राको यात्री बनेर
सपनाको मन्जिल चुम्छ मान्छे।
तसर्थ,
बर्ष बदलिएर के गर्नु ?
प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्