नेभिगेशन
राष्ट्रिय

पार्टी एक्लै दुइ तिहाइ ल्याउने गरी बजेट आउछः प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउने निर्वाचनमा एक्लै दुई तिहाइ मत ल्याउने गरी पार्टीले बजेटको तयारी गरेको दाबी गरेका छन् ।

सिन्धुलीमा आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै उनले अघिल्लो वर्षको बजेटले जनतामा आशा जगाउन नसकेको स्पष्ट पारे । उनले जनमुखी, लोकप्रिय र सामाजिक सुरक्षामा केन्द्रित गरेर आगामी बर्षको बजेट ल्याउने तयारी भईरहेको बताए ।

अध्यक्ष प्रचण्डले पार्टी एकतालाई छिमेकी देशले माइक्रोस्कोप लगाएर हेरेको बताउँदै केन्द्र, प्रदेश र स्थानीय तहमा समेत नेताहरूको सही व्यवस्थापन नभए अप्ठ्यारो अवस्था आउने बताए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्