Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीका दुई विद्यालयमा अनुगमन

२०७९ पुस १८
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले दुई विद्यालयहरुको अनुगमन गरेको छ । आइतबार गाउँपालिकाको जनचाहना आधारभुत विद्यालय सहरे र चन्द्रोदय आधारभुत सहरेमा छुट्टाछुट्टै अनुगमन गरेको हो ।

विद्यालयको नियमित पठन पाठनको अवस्था, बालबिकास देखि कक्षा ६ सम्मका विद्यार्थीहरुको दिवा खाजाको गुणस्तर, भौतिक पुर्वाधारको अवस्था र सरसफाइ युक्त वातावरण लगाएत समग्र विद्यालयको अवस्थाको बारेमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा जनचाहाना आधारभुत विद्यालय सहरेमा शिक्षकहरुले विदा स्वीकृति नगराइ विदामा बसेको, केही विद्यार्थीहरुले अहिलेसम्म नयाँ पाठ्यपुस्तक नपाएको र विगत आर्थिक वर्ष २०७८र७९ को छात्रवृत्ति अहिलेसम्म वितरण नगरेको पाइएको सानीभेरी गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख भुपालसिं विष्टले जानकारी दिनुभयो ।

शिक्षा शाखा प्राविधिक सहायक प्रेमबहादुर विष्टका अनुसार विद्यालयमा भए गरेको अनियमितताको अन्त्य गर्न, दिवा खाजा सञ्चालन र व्यवस्थापनलाई प्रभावकारी बनाउन र समग्र शैक्षिक वातावरण सुधार गर्न गाउँपालिका भित्रका विद्यालयमा अनुगमन गर्न थालिएको बताउनुभयो ।

 

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्