Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसीकोटमा पुनः मतगणना गर्नु नपर्ने उच्च अदालत सुर्खेतको फैसला

tribeni2
रुकुम पश्चिम / गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनको नतिजा चित्त नबुझेका भन्दै दायर भएको मुद्धाको फैसला भएको छ ।
 
उक्त मुद्धाको सुनुवाइ गर्दै उच्च अदालत सुर्खेतले मुसिकोट नगरपालिकामा पुनःमत गणना गर्नु नपर्ने फैसला गरेको हो। मुसिकोट नगरपालिकाका मेयरका प्रत्याशी माओवादी केन्द्रका बसन्त कुमार शर्मा सहित दुई वटा वडा अध्यक्षका प्रत्याशीले पुनः मतगणनाको माग सहित गत जेठ १२ गते उच्च अदालत सुर्खेतमा मुद्दा दायर गर्नुभएको थियो ।
 
पुस १३ गते मुख्य न्यायाधीश माधवप्रसाद पोख्रेल र न्यायाधीश लेखनाथ ढकालको संयुक्त इजलासले शर्मा लगायत वडा नम्बर १ का वडा अध्यक्षका प्रत्याशी डम्बर थापा र वडा नम्बर १४ का वडा अध्यक्षका प्रत्याशी चन्द्रबहादुर विष्टले दायर गरेको मुद्दामा दावी नपुगेको भन्दै पुनः मतगणना नगर्नुपर्ने फैसला सुनाएको हो ।
स्थानीय तहको निर्वाचनमा मुसिकोट नगरपालिकामा १३ मतान्तरले नेपाली काङ्ग्रेसका महेन्द्र केसी विजयी हुनुभएको थियो । केसीले ६९१४ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी शर्माले ६९०१ मत प्राप्त गर्नुभएको छ । वडा नं १ मा काङ्ग्रेसका ज्ञानु चन्द्र चन्द र वडा नं १४ मा काङ्ग्रेसकै गोवर्धन वली विजयी हुनुभएको थियो ।
 
 
 
 
प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १२:०१
प्रतिक्रिया दिनुहोस्