Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कोरोनाको नयाँ भेरियन्ट रोक्न छलफल

tribeni2

रुकुम पश्चिम / कोरोनाको नयाँ भेरियन्ट रोकथामको लागी रुकुम पश्चिममा छलफल गरिएको छ । सोमबार कोभिड संकट व्यवस्थापन समितिको आयोजनामा जिल्ला प्रशासनको कार्यालयमा छलफल भएको हो ।

प्रमुख जिल्ला अधिकारी एवम कोभिड संकट व्यवस्थापन समितीका संयोजक परमानन्द घिमिरेको अध्यक्षतामा बसेको बैठकले कोभिडको रोकथाम तथा प्रकोप व्यवस्थापनको सजगता तथा पुर्ब तयारीका लागि विभिन्न निर्णयहरु गरेको छ ।

बैठकबाट सार्बजनिक यातायातका साधन तथा बढी भिडभाड हुने स्थानहरुमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने व्यवस्था गर्ने, व्यक्तिगत सरसफाइ लगायत आवश्यक स्वास्थ सुरक्षाका मापदण्ड पालना गर्ने, गराउने  निर्णय भएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार कोभिड सम्बन्धि सन्देशमुलक सामाग्रीहरु तयारी गरि प्रचार प्रसार गर्न स्थानीय सरकार, स्वास्थ सेवा कार्यालय र गैह्र सरकारी सस्थाहरुलाई अनुरोध गर्ने, प्रत्येक पालिका लगायत अस्पतालमा कम्तीमा १ महिनाको लागि पुग्ने गरि Buffer Stuck,  मास्क, ग्लोब, स्यानिटाइजर तथा PPE राख्न अनुरोध गर्ने र जिल्ला अस्पताल सल्लेमा अक्सिजन पलान्ट जडानका लागि कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालयलाई अनुरोध गर्ने  निर्णय गरेको छ । 

बैठकमा जिल्लाका विभिन्न पालिका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्य सेवा कार्यालयका प्रमुख लगायत सरोकारवाला निकायहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १५:०१
प्रतिक्रिया दिनुहोस्