Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नमुना विद्यालयको भवन निर्माणको काम सुरु

tribeni2

रुकुम पश्चिम / मुसिकोट नगरपालिका वडा नम्बर १३ मा रहेको मेहन्द्र माध्यामिक विद्यालयको भवन निर्माणको काम सुरु भएको छ ।

संघीय सरकारको नमुना विद्यालय कार्यक्रमअन्तर्गत भवन निर्माणको काम सुरु भएको हो। अर्थमन्त्रालय अन्र्तगत शिक्षा तथा मानव विकास केन्द्रको पन्चवर्षिय योजना अनुसार विद्यालयको भवन बनाउन थालिएको मेहन्द्र माध्यामिक विद्यालयका प्रधानध्यापक झलक पुनले जानकारी दिनुभयो ।

शिक्षा तथा मानव विकास केन्द्रले भवन निर्माणको लागी आर्थिक वर्ष २०७८/०७९ मा एक करोड २३ लाख बजेट छुट्याएको छ । प्रधानाध्यापक पुनका अनुसार विद्यालयको भवन निर्माणको काम विजयश्वरी निर्माण सेवा कम्पनीले गरिरहेको छ । - घनश्याम खड्का

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १७:०१
प्रतिक्रिया दिनुहोस्