Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबिसकोटमा कृषि मेला प्रदर्शनी सम्पन्न

tribeni2
  • सत्य बटाला

रुकुम पश्चिम / रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा कृषि मेला प्रदर्शनी सम्पन्न भएको छ । नगरपालिकाको वडा नम्बर ९ राडीमा आइतबार र सोमबार गरी दुई दिनसम्म कृषि मेला लागेको हो।

कृषि विकास कार्यालय रुकुम पश्चिम र कृषि सेवा केन्द्र आठविसकोट नगरपालिकाको संयुक्त आयोजनामा कृषि मेला लागेको हो ।

पालिका स्तरिय कृषि मेला प्रदर्शनीमा कृषकले उत्पादन गरेका विभिन्न ६ वटा विधा अन्तर्गतका ८० वटा कृषि बाली उत्पादनहरु प्रदर्शनीमा राखिएको कृषि विकास कार्यालय रुकुम पश्चिम निमित्त प्रमुख मिनबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदर्शनीमा खाद्यान्न बाली, दलहन बाली, तरकारी बाली, फलफूल बाली, मसला तथा नगदे बाली र विविध बाली अन्र्तगत विभिन्न प्रकारका कृषि वस्तुहरु राखिएको थियो ।

प्रदर्शनीमा ४ सय ९९ बालीबस्तुहरुमा कृषकहरुको प्रतिस्पर्धा गराइएको थियो । जसमध्ये ६ वटा विधा अन्तर्गतका २४ जना कृषकहरुलाई पुरस्कृत गरिएको छ ।

प्रथम, दोश्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गर्न कृषकहरुलाई क्रमश ५ हजार, ३हजार ५ सय, ३ हजार २ हजार र १७ सय नगद रकम तथा प्रमाणपत्र प्रदान गरिएको छ । कृषि विकास कार्यालयका अनुसार उक्त कार्यक्रमले व्यावसायिक कृषकलाई थप प्रोत्साहन मिल्ने छ ।

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १७:०१
प्रतिक्रिया दिनुहोस्